Press Release 2016 August 16

 

 

साउदी अरबबाट उद्दार गरी नेपाल पठाइएका पुजा सुनार र रूपरानी तामाङ

 साउदी अरबबाट उद्दार गरी नेपाल पठाइएका पुजा सुनार र रूपरानी तामाङ

 नेपालको भलगाैरे, बाँके ठेगाना भएकी पुजा सुनार र गुम्बा०३, सिन्धुपाल्चाेककी रूपरानी तामाङलाइ उद्धार गरी आज मिति २०७३।०४।३२ तदानुसार १६अगस्त २०१६ मा नेपाल पठाइएको छ । उनीहरु Air Arabia को उडान नं  G9156 मार्फत नेपाल पठाईएको छ । उनीहरु यू ए. इ. को शारजाह हुदै उडान नं G9539 बाट मिति २०७३।०५।०१ को बिहान ०९:४० वजे काठमाण्डौ पुग्ने छन् ।

पुजाा सुनार लाई दिल्लीमा बस्ने साेनु भन्ने  एजेन्टले पठाएको र रूपरानी तामाङलाई छमेकी गाउँले निमा नाम गरेका एजेन्टले साउदी अरबमा घरेलु कामदारको रुपमा काम गर्न पठाएको उनीहरुले बताए ।  पुजा सुनार ले  २ वर्ष ४ महिना र  रूपरानी तामाङ ले ४ बर्षसम्म घरेलु कामदारकारुपमा काम गरेका थिए ।

निजहरू मध्ये रूपरानी तामाङले ४ वर्ष देखिको तलब नदिइ Housemaid Department मा बुझाइदिएकोले त्यहाँबाट ६ दिन अगाडी राजदुतावासको सेल्टरमा ल्याइएको थियाे । 

उनीहरुलाई नेपाल पठाउन साउदी सरकारका सरोकारवाला निकायमा अनुरोध गरी आवश्यक प्रकृया पुरा गरेर आज स्वदेश फिर्ता पठाईएको हो  ।

नेपालबाट घरेलु कामदारकोरुपमा काम गर्न अवैधानिक तरिकाबाट महिलाहरु ल्याउने कार्य निरन्तररुपमा भइरहेको देखिन्छ । त्यसरी ल्याइएका महिलाहरु विभिन्न समस्यामा पर्ने क्रमवद्धि भईरहेको छ । हाल त्यस्ता समस्यामा परी राजदूतावासको सेल्टरमा ११ जना र घर फर्कने प्रक्रिया सुरुभई यहांको Housemaid Department मा १३ जना गरी २४ जना घरेलु महिला कामदार राजदूतावासको रेखदेखमा छन् । त्यसरी समस्यामा परी आउनेहरुको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको हुदां गैर कानूनीरुपमा महिला कामदार पठाउने जस्तो सम्वेदनशील विषयलाई सवै सरोकारवाला निकायहरुले कडाईका साथ नियन्त्रण गर्नुपर्ने आवश्यकता भएको छ । 

 

नेपाली राजदूतावास रियाद

साउदी अरव

Additional information