Press Release 7 August 2016

 

 

प्रेस विज्ञप्ति

 

Housemaids rescued by Nepal Embassy, Riyadh

(नेपाली राजदुतावास, रियादले उद्दार गरी नेपाल पठाएका नैनामाया राइ र सुकमाया पिरयार)

नेपालको देवानटार०६, भोजपुर ठेगाना भएकी नैनामाया राई र जगतपुर०९, चितवनकी सुकमाया परियारलाई उद्धार गरी आज मिति २०७३।०४।२३ तदानुसार ०७ अगस्त २०१६ मा नेपाल पठाइएको छ । उनीहरु Air Arabia को उडान नं  G9152मार्फत नेपाल पठाईएको छ । उनीहरु यू ए. इ. को शारजाह हुदै उडान नं G9537बाट मिति २०७३।०४।२३ को अपरान्ह २२:१५ वजे काठमाण्डौ पुग्ने छन् ।

नैनामाया राईलाई शान्ता राई नाम गरेकी एजेन्टले पठाएको र सुकमाया परियारलाई वीर बहादुर बि. क. नाम गरेका एजेन्टले साउदी अरबमा घरेलु कामदारको रुपमा काम गर्न पठाएको उनीहरुले बताए ।  नैनामाया राईले  ५ वर्ष र  सुकमाया परियार ले ७ बर्षसम्म घरेलु कामदारकारुपमा काम गरेका थिए ।

समयमा तलब नपाएको, पूरा तलब नदिएको र घरमा सम्पर्क गर्न नदिएको कारणले भागेर सहयोगका लागि यस राजदूतावासमा आएकोले सेल्टरमा राखिएको थियो  ।

उनीहरुलाई नेपाल पठाउन साउदी सरकारका सरोकारवाला निकायमा अनुरोध गरी आवश्यक प्रकृया पुरा गरेर आज स्वदेश फिर्ता पठाईएको हो  ।

नेपालबाट घरेलु कामदारकोरुपमा काम गर्न अवैधानिक तरिकाबाट महिलाहरु ल्याउने कार्य निरन्तररुपमा भइरहेको देखिन्छ । त्यसरी ल्याइएका महिलाहरु विभिन्न समस्यामा पर्ने क्रमवद्धि भईरहेको छ । हाल त्यस्ता समस्यामा परी राजदूतावासको सेल्टरमा १२ जना र घर फर्कने प्रक्रिया सुरुभई यहांको Housemaid Department मा १३ जना गरी २५ जना घरेलु महिला कामदार राजदूतावासको रेखदेखमा छन् । त्यसरी समस्यामा परी आउनेहरुको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको हुदां गैर कानूनीरुपमा महिला कामदार पठाउने जस्तो सम्वेदनशील विषयलाई सवै सरोकारवाला निकायहरुले कडाईका साथ नियन्त्रण गर्नुपर्ने आवश्यकता भएको छ । 

 

नेपाली राजदूतावास रियाद

साउदी अरव

 

 

 

 

 

 

Additional information